१७ माघ २०७४, बुधबार

कैलाली । अस्थायी मुकाम धनगढीमा प्रदेश नम्बर ७ को प्रदेश मन्त्रालयका लागि भवनको टुङ्गो लागेको छ । ७ वटै मन्त्रालयका भवनहरुको टुङ्गो भवन व्यवस्थापन समितिको बैठकले लगाएको हो ।

धनगढीको रातोपुलमा निर्माण भइरहेको यातायात कार्यालयको भवनमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहनेछ । सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनमा रहने भवन व्यवस्थापन समितिका सदस्य सचिव, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुखले जानकारी दिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तारानगरमा रहेको क्षेत्रीय पशु सेवा तालिम केन्द्रको भवनमा रहनेछ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा रहनेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय जिल्ला कृषि विकास कार्यालय कैलालीको भवनमा रहनेछ भने भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय सिञ्चाई निर्देशनालय कैलालीको भवनमा रहनेछ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक राजश्व कार्यालय कैलालीको आवासका लागि निर्माण भइरहेको भवनमा राख्ने सदस्य सचिव बोहराले जानकारी दिएको हो ।

LIVE TV