१७ माघ २०७४, बुधबार

काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटेलमा भएको सामूहिक बलात्कार भएको थियो । उक्त घटनामा महानगरीय प्रहरी बृत्त दरवारमार्गका प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती पनि तानिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले डिएसपीमाथि छानवीन थालेका छन् । बलात्कारको घटनालाई लेनदेनमा मिलाएको अभियोगमा डिएसपी तानिएका हुन् । डिएसपी भारतीमाथि पनि अनुसन्धान थाल्न काठमाडौं परिसरमा तानिएको प्रहरी प्रधान कार्यालय स्रोतकाले जानकारी दिए । भारतीयको ठाउँमा दरबारमार्गमा नयाँ डिएसपी पठाउने तयारी भइरहेको जनाइएको छ । घटनाको छानवीनका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा समिति गठन गरिएको थियो ।इन्सपेक्टर ठकुरीलाई प्रहरीको नक्सालस्थित १ नम्बर गणमा सरुवा भइसकेको छ ।

बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाउन भूमिका खेलेको भन्दै दरबारमार्ग बृत्तको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीमाथि समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । घटनाप्रति महानगरीय प्रहरी आयुक्तको कार्यालयले समेत चासो देखाउँदै अनुसन्धानको लागि समिति गठन गरेको छ ।

 

LIVE TV