१७ माघ २०७४, बुधबार

माअ‍ोवादी केन्द्रले आफ्नो भागमा परेको दुई मुख्यमन्त्री, सभामुख लगायतका पदमा सम्बन्धि प्रदेश कमिटीकै परामर्शमा टुंग्याउने भएको छ । एमालेसँगको सहमति अनुसार प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री टुंग्याउनु पर्ने छ ।

प्रदेश ६ को मुख्यमन्त्रीका लागि महेन्द्रबहादुर शाही र नरेश भण्डारीको नाम सिफारिसमा परेको छ भने प्रदेश ७ को मुख्यमन्त्रीका लागि वीरमान चौधरी र मानबहादुर धामीको नाम सिफारिस गरिएको छ । मुख्यमन्त्रीमा आकांक्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । त्यस्तै प्रदेश ४ र ५ को सभामुख पाएको माओवादीले मुख्यमन्त्रीसँगै नाम छनोट गर्ने जानकारी दिएको छ ।

यस्तै, माओवादीको भागमा परेका प्रदेश ४ र ५ को सभामुखमा पनि चार जनाले आकांक्षा देखाएका छन् । प्रदेश–४ को सभामुखमा आशा कोइराला, लेखबहादुर थापा मगरले पनि दाबी गर्दै आएका छन् । प्रदेश ५ मा माओवादीबाट दुई जनाले आकांक्षा राखेका छन् । यस प्रदेशबाट माओवादी केन्द्रका कुलप्रसाद केसी र पूर्णबहादुर घर्तीमगरले सभामुखमा दाबी गर्दै आएका छन् ।

LIVE TV