१७ माघ २०७४, बुधबार

काठमाडौँ,माघ १७ : निर्वाचन पछि बन्न लागेको बामगठबन्धनको सरकारसँग सम्बन्ध सुधारका लागि भारतले राजनीतिक पहल थालेको छ । नाकाबन्दी पछि विग्रिएको सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने हुनुभएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको बिहीबारदेखि हुने भ्रमणले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी थाल्ने बताइएको छ । भारतीय स्रोतका अनुसार फागुनको अन्तिम सातातिर मोदीको नेपाल भ्रमण हुन सक्ने छ । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने बताइएको छ । पछिल्लो समय भारतले नेपालसँगको सम्बन्धमा विशेष जोड दिएको छ । मोदीले धार्मिक भ्रमण गर्नुका साथै नेपाललाई विशेष सहयोगको घोषणासमेत गर्न सक्ने बताइएको छ । भारतीय नाका बन्दीपछि नेपालमा बढेको भारत विरोधी धारणा र बढ्दो चिनियाँ प्रभाव घटाउन भारत आफैंले अहिले स्वराज भ्रमणको तयारी गरेको बताइएको छ ।

मोदी पछिल्लो टेलिफोन संवादमा ओलीलाई प्रधानमन्त्री पदको अग्रिम शुभकामना दिइसक्नुभएको छ भने ओलीले पनि मोदीलाई नेपालका धार्मिक स्थलहरूको भ्रमण गर्ने निम्तो दिदै सम्बन्ध सुधारको संकेत गरिसक्नुभएको छ ।

LIVE TV