१७ माघ २०७४, बुधबार

गुण्डा प्रहरी झापा : प्रहरीको कुटाई पछि बालक आईसियूमा

झापामा घुमुवा तथा सादा पोसाकमा खटिने प्रहरीको ज्यादती हामीले यस अघिका कार्यक्रमहरुमा देखाईसकेका छौं । फेरि सादा पोसाकमा खटिएका कर्मचारीको अर्को ज्यादती सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्यामदेब यादवले बिर्तामोड–४ का एक बालकलाई निर्घात कुटेका छन् । गत बिहीबार राती प्रहरीबाट निर्घात कुटिएका १४ बर्षिय बालक सन्दिप प्रसाईं अहिले अस्पतालको आईसियू कक्षमा उपचारत छन् ।

आफ्नै टोलमा भएको झगडा हेरेर घर फर्किने क्रममा आफ्नै घरको गेटबाट भित्र पस्दै गर्दा राति ९ः३० मा सादा पोशाकमा रहेका २ जना प्रहरीले ‘तँ चोर होस्, ड्रगीस होस्’ भन्दै समातेर लगेर निर्घात कुटेको सन्दिपले बताए ।

चिकित्सकका अनुसार बाहिरी चोट नदेखिए पनि बालक अस्वभाविक बारम्बार डराउने र झस्किने गरिरहेका छन् । सन्दीपका बुवा गोपाल प्रसाईले छोराको स्थिती सुधार नभएका कारण चिन्ता व्यक्त गरे ।जिल्ला प्रहरी कार्यालय झापाले भने बालक कुट्ने प्रहरीलाई हिरासतमा राखेर घटनाका बारेमा आवश्यक छानबिन भइरहेको जनाएको छ ।

जोन तामाङ हाराउनुमा स्कुलको गल्ती भएको अभिभावकको आरोप

गत बुधबार ललितपुरको फुलचोकी हाइकीङ जाँदा वेपत्ता भएका ललितपुर थसिखेलका जोन तामाङ अझै भेटिएका छैनन । स्थानीय अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत १७ बर्षीय तामाङ बिद्यालयबाट फुलचोकी पुगेर फर्कीने क्रममा वेपत्ता भएका थिए । तर उनिहरुलाई हाइकीङ लैजाने बिद्यालयका प्राचार्य दुर्गा बहादुर वलीको वेवास्ताका कारण तामाङ हराएको परीवारको आरोप छ ।

दिउसो नै जोन तामाङ सम्पर्क विहिन भएपनि परीवारलाई राती अवेर मात्र खबर गरीएको थियो । तामाङको अहिले परीवारका सदस्य सहित सुरक्षा निकायले खोजी जारी राखेको छ । तर आजसम्म तामाङको अवस्था पत्तो लागेको छैन ।
रिमा तामाङका जुम्लीया छोराहरु जोन तामाङ र जेम्स तामाङ हुन् । जोन तामाङ ६ दिन सम्म पनि सम्पर्कमा नआएपछी यतिबेला परीवार विक्षीप्त बनेको छ । उनका दाजु जेम्स तामाङ भाइको फोटो हेरेर रोइरहेका छन् ।

बिद्यालयका प्राचार्य र सँगै गएका बिद्यार्थीको बयान फरक परेको छ । गोदावरीबाट ७ किलोमिटर माथी पैदल गएका उनिहरु फर्कीने क्रममा फरकबाटो प्रयोग गरको थिए । तर जोन तामाङ हराएको गोदावरी आएपछी मात्रै पत्तो पाएका थिए ।
अभिावकसँग समन्वय नगरी, भ्रमणस्थलको विस्तृत अध्ययन नै नगरी घटनाको धेरै समयसम्म पनि खवर नगर्नुले घटना झन रहस्यमय बनेको छ ।

मेयरकोे आतङ्क : आफुलाई गाडी नदिएको भन्दै मेयरले माईनुट च्याते 
धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिना कुमारी यादवले कार्यालयले आफुलाई गाडी नदिएको भन्दै बैठकको माईन्यूट च्यातेकी छिन् । आईतबार बसेको नगर कार्यपालिकाको बैठकमा उपमेयर यादवले गाडी सहितका विभिन्न प्रस्तावहरु प्रस्ताव गरेकी थिईन् । तर उक्त प्रस्तावहरु पारित नहुँदै उपमेयरले म्यानुट च्यातेपछि नगपालिकाको बैठक अनिश्चितकालका लागि स्थगित भयो । नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबावु यादवले प्रयोग गर्दै आएका छन् । त्ससै अनुरुप उपमेयर यादवले पनि आफुलाई गाडी उपलब्ध गराउन प्रस्ताव गरेकी थिईन् ।

यस अघि भने मेयर यादवले चुनाव नतिजा सार्वजनिक भए लगत्तै आफुले नगरपापिलाबाट कुनै पनि किसिमको सेवा सुविधा नलिने घोषणा गरेका थिए । तर अहिले भने नगरपालिकाको गाडी मेयर यादवका कान्छा छोरा ज्ञान कुमार यादवले चढ्दै आएका छन् भने मेयर यादवले नगरपालिकाबाट ल्यापटप र मोबाईल सुविधा समेत लिएको उपमेयरको टिप्पणी छ ।

LIVE TV