१६ माघ २०७४, मंगलवार

काठमाडौं । काठमाडौंको मच्छिन्द्रबहालमा कार्यरत सुरक्षागार्डको हत्या गर्ने व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला थाहा नगरपालिका –९, स्थायी घर भएका काठमाडौंको मच्छिन्द्रवहालमा बस्दै आएका राजन थापा क्षेत्रीलाई हत्याको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो ।

दोलखा मावापौवा–२, स्थायी घर भएका ५३ वर्षीय तुलबहादुर तामाङलाई इस्टवेष्ट सेक्युरिटजममा ड्युटीमै रहेका बेला आइतबार राति हत्या गरिएको थियो ।

क्षेत्रीको मछेन्द्रबहाल चोकमा काम गर्दै जाने क्रममा तुलबहादुर तामाङसँग ३ ४ महिना पहिलेदेखि चिनजान भई दुवै जना सुरक्षा गार्डमा काम गर्दै आइरहेका र कामको विषयर्मा दुवै जनाबीच पटक–पटक झगडा भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै सामान्य झगडाको विषयलाई लिएर क्षेत्रीले तामाङको टाउकोमा इट्टाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

LIVE TV