१५ माघ २०७४, सोमबार

बलिउड । ऋतिक रोशनले आफ्नो नयाँ फिल्मको लागी पुराना स्थापीत हिरोइृनहरु छाडेर साराअली खानलाई रोजेका छन् ।

बलिउडमा यती बेला चर्चीत हिरौईनहरुको ब्यस्तताको कारण अपकमीङ फिल्मलाई नायीका पोन मुस्कील परीरहेको छ। प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । दीपिका पादुकोण प्रायः भन्सालीको फिल्मका लागि बढी समय दिइरहेकी छिन् । आमा बनेपछि करिना कपुर खानले फिल्मलाई कम समय दिएकी छिन् । क्याट्रिना कैफ र अनुष्का शर्माले कति फिल्म भ्याउनु ?

यसै कारण हुन सक्छ, ऋतिक रोशनले आगामी फिल्म ‘सुपर ३०’का लागि साराअली खानलाई रोजेका छन् । ऋतिक आफैंले निर्देशक विकास बहललाई सारा आफ्नो अपोजीटमा राख्न उचीत हुने जवाफ दिएका थिए ।

सारा अभिनेता सैफअली खान र उनको पहिलो पत्नी अमृता सिंहकी छोरी हुन् । हाल उनी अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ मा ब्यस्त छिन् । ४४ वर्षका रितिकभन्दा सारा १९ वर्ष कान्छी छिन् ।

LIVE TV