१४ माघ २०७४, आईतवार

काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल र सल्लाहकार समिती बीचको बैठक आइतबारका लागि बिना निष्कर्ष टुंगिएको छ ।

नेपाल क्रिकेट संघ क्यानको विधान संसोधनमा असन्तुष्टी जनाएको आइसीसीका प्रतिनिधि र नेपाली क्रिकेट पदाधिकारी विच बसेको झण्डै छ घण्टा लामो बैठक भोलीका लागि सरेको छ । सोल्टी होटलमा बसेको बैठकमा आइसीसीका पदाधिकारीले नयाँ विधान विना स्विकृती २७ वुँदामा संसोधन गरेको भन्दै निर्वाचित पदाधिकारीलाई जवाफ मागेको थियो ।

जसमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले पाँच बुँदामा मात्र संशोधन गरेको भन्दै अडान राखेका थिए । जसका कारण आइतबारको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । अब भोली दिउँसोका लागि बैठक सरेको छ ।

आईसीसीले गत वर्ष वैशाख १३ गते नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवा गर्न र संशोधनसहित नयाँ विधान बनाउन आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको थियो । सल्लाहकार समिति, क्यान र आईसीसीबीच विभिन्न चरणमा बैठकहरू भइसकेको छ ।

यसअघि अक्टोबर ३० मा आईसीसीले आफूहरूबीच भएको सहमति विपरीत सल्लाहकार समितिले प्रस्ताव गरेको विधान संशोधन गरिएको भन्दै त्यो अमान्य भएको जनाएको थियो । त्यसपछि निर्वाचितले क्यानले आईसीसीको निर्देशन लत्याउँदै एकलौटी गरेको निर्वाचन स्थगन गर्न विश्व क्रिकेटको सर्वोच्च निकायले अनुरोध गरेको थियो ।

आईसीसीले यहीक्रममा क्यान पुनर्वहालीलाई डिसेम्बर २२ सम्म सन्तोषजनक कारणहरू बुझाउने समयसीमा तोकेको थियो ।

LIVE TV