१४ माघ २०७४, आईतवार

कास्की । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब सेमीफाईनलमा प्रवेश गरेको छ । आइतवार पोखरा रंगशालामा भएको दाश्रो क्वाटरफाईनल खेलमा धरानले त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित र थपिएको समयमा दुबै तर्फबाट १–१ गोल भएपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा आर्मीका खेलाडी जर्ज प्रिन्स कार्कीले प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेर बाहिर गएपछी धरानको जित सुनिश्चित भएको थियो।

टाईब्रेकरमा धरानका बिष्णु सुनार, सुरज बिक, रोमन लिम्बु, बुद्धीमान राई र निशान लिम्बुले गोल गरेका थिए भने आर्मीका नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ्ग र बिबेक बस्नेतले गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको पहिलो हाफको १८ औं मिनेटमा आर्मीका भरत खवासले गोल गरेका थिए भने ६३ औं मिनेटमा धरानका निशान लिम्बुले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

खेलमा धरानका निशान लिम्बु म्यान अफ दि म्याच घोषित हु्ँदै ५ हजार प्राप्त गरे । धरानले अब मनाङ्ग मस्र्याङ्गदी क्लब र नेपाल पुलिस क्लब बिचको बिजेता सँग सेमिफाईल खेल्नेछ ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्ना खेलाडीले धरानलाई कमजोर सोचेर खेल्दा पराजय भोग्नुपरेको बताउनुभयो ।

धरानका प्रशिक्षक अर्जुन राईले खेलाडीले एक गोलले पछि परेको अवस्थामा पनि सम्मालिएर खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताउनुभयो । सोमवार तेश्रो क्वाटरफाईनलमा थ्रीस्टार क्लब र एपिएफ क्लब बिच हुने आयोजक सहारा क्लबे जानकारी दिएको छ ।

LIVE TV