१४ माघ २०७४, आईतवार

काठमाडौं । उपप्रधामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सन्दीप लामीछाने र विमल घर्तीमगरलाई बधाई दिएका छन् । सन्दीपलाई इन्डियन प्रिमियर लिग अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेकोमा बधाई दिएका हुन् । यस्तै नेपाली फुटबलर विमल घर्तिमगर पनि भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् ।

यी दुवै खेलाडीलाई बधाई दिँदै कमल थापाले ट्वीट गरेका छन् । दुवै खेलाडीलाई सफलताको शुभकामना दिँदै लेखेका छन्, ‘भारतको प्रसिद्ध क्लबहरु दिल्ली डेयरडेविल्स र मोहन बगानबाट क्रमश क्रिकेट र फुटबल खेल खेल्ने अवसर प्राप्त गरेका नेपालका लोकप्रिय खेलाडीहरु सन्दीप लामिछाने र विमल घर्तिमगरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।’

LIVE TV