१३ माघ २०७४, शनिबार

एजेन्सी । हैदराबादमा स्थानीय क्रिकेट प्रतियोगिताको दौरान बलिङ गर्ने क्रममा २३ वर्षीय एक बलरको ह्दयघातका कारण निधन भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार बंजारा हिल्स क्षेत्रमा शुक्रबार राती स्थानीय दुई टिम भिडेका थिए । जसमा लोयड एन्थोनी नाम गरेका बलर बलिङ गर्ने क्रममा अचानक मैदानमै लडेका थिए । उनलाई तत्कालै अस्पताल पनि लगिएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गर्यो ।

चिकित्सकका अनुसार ह्दयघात बन्द भएका कारण एन्थोनीको निधन भएको हो । सोसल मिडियामा शनिवार सार्वजनिक भएको भिडियोमा एन्थोनीलाई बलिङ गर्दै गरेको देखिएको थियो । उनी बलिङ गर्न दौडिरहेको बेला अचानक लडेका थिए । उनी स्थानीय एउटा कलेजमा काम गर्ने गर्दथे ।

https://youtu.be/bpUC1UVit9Q

LIVE TV