१३ माघ २०७४, शनिबार

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका ७ स्थित कार्कीवाडा गाउँमा आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको छ ।

शनिबार दिउँसो १ बजे लागेको आगो नियन्त्रणमा लिनका लागि स्थानीयहरु जुटिरहेको भएपनि आगो नियन्त्रणमा आउन नसकेको रोडिकोट स्वास्थ्य चौकीका इन्चार्ज टेक बहादुर बुढालाई उद्धृत गर्दै संवाददाता नरजन तामाङले बताएका छन् ।

आगलागी भएको स्थानमा अहिले सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यलयबाट ७ जनाको टोली प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिएका छन् । आगलागीको कारण र अन्य क्षतीबारे पूर्ण विवरण आउन बाँकी छ ।

LIVE TV