१२ माघ २०७४, शुक्रबार

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावलाई लक्षित गरी निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

आचारसंहिता लागू भएकाले सरकारले अब चुनाव अवधिभर सरुवा, बढुवा र दीर्घकालीन प्रभाव पार्ने खालका कुनै पनि कार्यक्रम गर्न नपाउने प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले जानकारी दिनुभयो । प्रदेश नम्बर ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उहाँले सरकारले आचारसंहिता पालना गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले राष्ट्रियसभा सदस्य चुनावमा मत बदर हुने अवस्था आउन नदिन मतदातालाई राम्रोसँग सिकाउन कर्मचारीलाई निर्देशन पनि दिनुभयो । एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले मतबदर हुने अवस्था आउन नदिन भोट हाल्ने तरिका जिल्ला जिल्लासम्म पुगेर सिकाउन आग्रह गर्नुभयो ।

LIVE TV