१२ माघ २०७४, शुक्रबार

काठमाडौं, १२ माघ । कार्यदलमा प्रदेश सरकार गठनको विषयले प्रवेश पाएलगत्तै एमाले र माओवादीले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा दाबी प्रस्तुत गरेका छन् ।

एमालेले प्रदेश नम्बर १ र ३ मा एकल बहुमत रहेको भन्दै ४ र ५ नम्बरमा पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेको छ । माओवादी केन्द्रले ६ र ७ नम्बरको नेतृत्व पाउनुपर्ने अडान राखेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमाले नेता पाण्डेले प्रारम्भिक तहमा छलफल अघि बढेकाले अन्तिम टुंगोका लागि थप गृहकार्य आवश्यक देखिएको बताए । दुई प्रदेशको नेतृत्व दाबी गरेको माओवादीले एमालेले सरकारको नेतृत्व गर्ने प्रदेशमा सभामुख दाबी गरेको छ ।

तर, एमालेले भने पार्टीमा नेताहरूको व्यवस्थापनमा समस्या हुने भन्दै ४ र ५ नम्बर प्रदेशमा मात्र सभामुख दिन सकिने अडान राखेको छ । उपसभामुखमा भने गठबन्धनबीच खासै विवाद छैन ।

LIVE TV