१२ माघ २०७४, शुक्रबार

काठमाडौं । सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गरेको छ। विहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रु बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो। नागरिक दैनिकमा खबर छ ।

मन्त्री थापाका अनुसार सशस्त्र जनयुद्धका क्रममा तत्कालिन माओवादीबाट मारिएका कास्कीका ९ जनालाई पनि सहीद घोषणा गरेको छ। यस्तै, पञ्चायतकालमा राज्यद्वारा मारिएका हरिप्रसाद गुरुङलाई सहीद घोषणा गरिएको छ।

LIVE TV