११ माघ २०७४, बिहीबार

रामेछाप । रामेछापमा भूकम्प प्रभावितको निजी आवास पुननिर्माणले गति लिएको छ । ८० देखि ८५ प्रतिशत भूकम्प प्रभावितले निजी आवास पुनर्निर्माण अनुदानको दोस्रो किस्ता लिन योग्य भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको हो । ।

सदरमुकाम मन्थलीमा बिहीबार आयोजित एक कार्यक्रममा समन्वय समितिका प्रमुखले असार मसान्तसम्म रामेछाप जिल्लामा ३६ हजार घरहरु पुनर्निर्माण हुने बताए । रामेछापमा निजी आवास निर्माणको लागि ४२ हजार ६ सय घरधुरीले सम्झौता गरेका छन् ।हालसम्म जिल्लामा १६ हजार ५ सय लाभग्राहीले निजी आवास निर्माणका लागि आइजीपी दोस्रो किस्ता लिएका छन् भने ४ हजार लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।

जिल्लामा अहिलेसम्म १० हजार घर बनेकोमा ८ हजार ५ सय घरमा मानिस बस्न थालिसकेका छन् । आचार्यले जिल्लाका विभिन्न स्थानका १ सय ५१ घरपरिवार उच्च जोखिममा रहेकाले उनीहरुको स्थानान्तरणको प्रक्रिया शुरु गरिएको जानकारी दिए । क्षति भएका ४ सय १६ विद्यालयमध्ये ३ सय १९ विद्यालयको भवन निर्माणको काम सुरु भएको जिल्ला शिक्षा अधिकारीले बताए ।

LIVE TV