११ माघ २०७४, बिहीबार

एजेन्सी । करिना कपुर र साहिद कपुर कुनै समयका प्रेममा थिए।अहिले भने दुबै छुट्टाछुट्टै बिहे गरेर आ–आफ्नो जिन्दगी जिइरहेका छन् । त्यो समयमा उनीहरूबीचको अफेयरको निकै चर्चा हुने गरेको थियो ।

तीन वर्ष जति अफेयरमा रहेका करिना र साहिद अहिले एक–एक सन्तानका अभिभावक बनिसकेका छन् । करिनाले अभिनेता सैफअली खानसँग बिहे गरिन् भने साहिदले कलेज गर्ल मीरा राजपुतसँग । करिनाको एक छोरा तैमुर छन् भने साहिदकी एउटी छोरी मिसा छिन् ।

भारतीय अनलाइन दैनिक भाष्करले करिना र साहिदबीचको अफेयरबारे केही नौलो कुरा सार्वजनिक गरेको छ ।भाष्करका अनुसार करिना र साहिद सन् २००४ देखि तीन वर्षसम्म प्रेममा थिए ।

 

सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरेकी करिना र सन् २००३ मा ‘इस्क बिस्क’ फिल्मबाट डेब्यु गरेका साहिदको सन् २००४ मा ‘फिदा’ फिल्मको सेटमा प्रेम सुरु भएको हो । करिना साहिदप्रति यति धेरै आकर्षित भएकी थिइन् कि सुटिङकै क्रममा उनले साहिदलाई मनमा सजाइसकेकी थिइन् । करिनाले नै साहिदलाई पर्पोज गरेकी थिइन् । करिनाले केही वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आफूले नै साहिदलाई बारम्बार फोन, एसएमएसमार्फत पर्पोज गरेको खुलाएकी थिइन् ।

साहिद र करिनाको प्रेम टुट्नुमा अर्की अभिनेत्री अमृता राव कारक भएको बताइन्छ । सन् २००६ मा ‘विवाह’ फिल्मको सुटिङका क्रममा अमृता साहिदसँग नजिकिएकी थिइन् । अमृताकै कारण साहिद र करिनाबीच वैमनस्य चुलिएको हो । यता, साहिद अमृतासँग नजिकिए, उता सन् २००७ मा ‘ल्याक्मी फेसन विक’मा करिना सैफअली खानका साथ देखिइन् । करिना र सैफले ‘ओमकारा’ फिल्ममा सँगै अभिनय गरेका थिए ।

 

LIVE TV