११ माघ २०७४, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार उच्च अदालतका मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाँई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

न्यायायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईँलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, सुर्खेत पदस्थापन पनि गरिएको छ । सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाईँ उच्च अदालत जनकपुरको न्यायाधीश, बस्याल उच्च अदालत जनकपुर वीरगञ्ज इजलासको न्यायाधीश र पोखरेल उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधीश पदमा यसअघि कार्यरत थिए ।

न्याय परिषदको पुस २० गते बसेको बैठकले चारै जनालाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेका थिए ।

 

 

LIVE TV