११ माघ २०७४, बिहीबार

काठमाडौं । प्रदेश ५ को राजधानी नेपालगञ्जमा हुनुपर्छ भन्ने बाँकेबासीको माग रहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा  शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वासन दिएका छन् ।

महोत्सव उद्घाटन गर्न नेपालगञ्ज पुगेका प्रचण्डसामू राजधानीको माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । राजधानी जहाँ भएपनि मन्त्रालय र ठूला कार्यालय विभिन्न ठाउँमा राख्नुपर्ने भन्दै भने, ‘भोलि नेपालगञ्ज नै राजधानी भयो भने पनि सबै अफिस नेपालगञ्जमा हुनु हुँदैन । समानुपातिक वितरण हुनुपर्छ ।’ प्रचन्डले अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले रियल राजधानी तोक्ने भन्दै यदि नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने जनाए ।

राजधानी नहुनासाथ अफिसहरु सार्ने कामको  विरोधगर्ने प्रचण्डले बताए । कार्यक्रममा प्रदेश सांसदसहितका वक्ताहरुले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गरेका थिए ।

LIVE TV