११ माघ २०७४, बिहीबार

बाजुरा, ११ माघ । शहरी तथा भवन डिभिजन कार्यालय डोटीले बाजुराका नौ स्थानीय तहका साविकका अधिकांश गाविसमा बस्ती विकास कार्यक्रमका लागि पहिलो चरणको सर्वेक्षण गरेको छ ।

जोखिममा रहेका गाउँपालिका तथा नगरपालिकाका साविकका गाविस पहिरो गएका र उक्त स्थानमा बस्न योग्य नभएका कारण सरकारले जोखिममा रहेका बस्ती सार्नका लागि पहिलो चरणको सर्वेक्षण गरिएको शहरी तथा भवन डिभिजन कार्यालय डोटीले जनाएको छ ।

बस्ती विकास भवन सर्वेक्षणका लागि तीन वटा टोलीले जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाका वडाको अवस्था र जोखिमका बारेमा छलफल गरिएको शहरी डिभिजन कार्यालय बाजुराका सवइन्जिनियर शंकर खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV