११ माघ २०७४, बिहीबार
  • कृष्ण पाण्डे,

रुपन्देही । जेब्राक्रसिङबाट बाटो काटिरहेको बेला ट्रिपरको टक्करबाट बृद्धाको मृत्यु भएको विरोधमा रुपन्देही तनाबग्रस्त बनेको छ ।

जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षीया बिष्णुकुमारी भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार, जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्री भट्टराईलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।

जेब्राक्रसमै पैदलयात्रीको मृत्यु भएपछि जानकीनगर तनावग्रस्त बनेको हो । स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् । स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग ठप्प छ ।

अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV