
- सुमन कार्की,
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जीप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
जीप सडक देखि करिब २० मिटर तल खसेको थियो । जीपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ ।