११ माघ २०७४, बिहीबार

एजेन्सी । सन् २०१७ को अक्टुबर १ मा चीनको राजधानी पैचिङबाट पूर्वमा पर्ने समुद्री शहर थ्येनचीनको बिनहार्इ क्षेत्रमा खोलिएको यस पुस्तकालयले  पुस्तक प्रेमीको मात्रै नभइ आमनागरिकको पनि ध्यान खिच्न सफल भएको हो।

पढ्न भन्दा पनि यस अद्भुत पुस्तकालयको अवलोकन गर्ने मानिसको भिड बाक्लिएको छ। चीनका नागरिकलाई मात्रै होइन विश्वका पर्यटकलाई पनि आकर्षित गरेको छ र अझै पुस्तकप्रेमीलाई त यो एउटा तीर्थस्थल जस्तै भएको छ।यहाँ पुस्तक, हस्तलिखित ग्रन्थ, पत्रपत्रिका, कमिक्स लगायतका पठनीय सामाग्री मात्रै होइन, सुन्ने म्यूजिकल रेकर्डस् या भन्दा साङ्गीतिक सङ्ग्रह र हेर्ने फिल्मसमेत पनि पाइन्छन्।

पाँच तल्लाको यस पुस्तकालयमा विविध शैक्षिक सामाग्रीहरू तथा सुविधा प्रशस्तै छन्। बालबालिकाका लागि कक्ष, पत्र(पत्रिका कक्ष, कम्प्युटर कक्ष, अडियो कक्षका साथै अध्ययन कक्ष र मिटिङ्ग कक्ष पनि छन्। यी सबै एक पूर्ण पुस्तकालयको विशेषता नै हुन्। तर किन अहिले दर्शकको भिड बढेको छ त यहाँरु अनि धेरैले चासो राख्नुको कारण के होरु यो प्रश्न सबैको मनमा उब्जिन सक्छ। यसो हुनुको मुख्य कारण भनेको यस पुस्तकालयको डिजाइन नै हो। विशेषत यसको मुख्य हल हो, जुन निकै नै शानदार छ।

पुस्तकालयको मुख्य हलको बीच भागमा एक गोलाकार सभा कक्ष छ र यसको दुईतिर पुस्तक दराज छन्। यी दराजहरू नै खुड्किला पनि हुन् र पढ्नका लागि बस्ने ठाउँ पनि हुन्। जुन अत्यन्तै सुन्दर देखिन्छ। भूइँदेखि माथिल्लो दलिनसम्म नै तहगत पुस्तकदराजको आकार दिइएको छ। यो दृश्य नै यस पुस्तकालयको प्रमुख आकर्षण हो।

यसै गरी अर्को दुई तर्फ भने एकातिर भित्री भवन प्रवेशद्वार र अर्कोतिर बाहिर पार्कको द्वार रहेको छ। अनि बाहिरबाट यस पुस्तकालयलाई हेर्दा त्यस गोलाकार सभा कक्ष एउटा आँखाजस्तै देखिन्छ र त्यसै कारण यसलाई चीनको आँखा पनि भन्ने गरिएको छ। यस गोलाकार सभा कक्ष र दुईतर्फ भूँइदेखि भित्तासम्म तहगत आकार दिइएको संरचना जहाँ बस्न मिल्ने, भर्याङ्गको रूपमा प्रयोग हुने र पुस्तक राख्ने दराजले जो कोहीको मन हर्न सक्छ। हालै खुला गरिएबाट कतिपय त्यस्ता दराज खालि नै देख्नसकिन्छ र त्यस्ता भागमा पुस्तकको थ्रीडी प्रिन्ट गरिएबाट झट्ट हेर्दा पुस्तक झैं लाग्न पनि सक्छ।

चीनकै सुन्दर पुस्तकालय मानिएको यस थ्येनचीन बिनहार्इ पुस्तकालयले ३४,२०० वर्गमिटर क्षेत्रफल ओगटेको छ। पाँच तल्लाको यस पुस्तकालयमा बाह्र लाख पुस्तक अटाउने क्षमता छ। यो पनि यस सुन्दर पुस्तकालयको विशेषता हो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV