११ माघ २०७४, बिहीबार

काठमाडौं । स्थानीय तहको विभिन्न ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

२३ वटा स्थानीय तहको नाम परिवर्तन भएको छ भने ३७ स्थानीय तहको केन्द्र परिवर्तन भएको छ । हिमाली जिल्ला मनाङका ५ मध्ये ४ गाउँपालिकाको नाम परिवर्तन भएको छ ।

नाम परिवर्तन भएका गाउँपालिकामा ताप्लेजुङको याङवरक, धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि छन् । त्यस्तै सुनसरीको भोक्राहा, हरिनगर, सोलुखुम्बुको दूधकौशिका, खोटाङको लामिडाँडा, रामेछापको लिखु गाउँपालिको नाम पनि हेरफेर भएको छ ।

धादिङको नेत्रावती, नुवाकोटको मेघाङ, रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम पनि परिवर्तन भएको छ । मनाङको नेस्याङ, नासोङ र नारफू गाउँपालिकाको नाम पनि हेरफेर भएको छ । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र र दालोमे , गोरखाको सुलिकोट, भीमसेन, रोल्पाको दुईखोली, सल्यानको कुमाख गाउँपालिकाको नाम हेरफेर भएको छ । सल्यानको ढोरचौर, जाजरकोटको त्रिवेणी नलगाड, बाजुराको पाण्डव गुफा र बझाङको काँडा गाउँपालिकाको नाम पनि फेरिएको छ ।

LIVE TV