११ माघ २०७४, बिहीबार

११ माघ, काठमाडौं ।नेपाल प्रहरीका पूर्वडीआइजी तथा ललितपुर १ बाट नव निर्वाचित सांसद नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको बताएका छन् ।

इन्टरपोलमार्फत प्रहरीको व्यापक खोजीमा परेका एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले राज्यले आफूलाई डरलाग्दो अपराधी प्रमाणित गर्न लागेको गुनासो गरेका छन् । बुधबार प्रेसविज्ञप्ति सार्वजनिक गर्दै सिलवालले मुलुकको सिंगो प्रशासन र प्रहरी संगठन महत्वपूर्ण जिम्मेवारी छाडेर आफूविरुद्ध लागेको दाबी गरेका छन् ।सिलवालले वर्तमान प्रहरी नेतृत्वले ब्यक्तिगत जस्तो गरी दुस्मनी लिई आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।

सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।

नले भनेका छन्, ‘जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त हुनुपर्छ ।’ निष्पक्ष निकायबाट भोलि हुने अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न आफू तयार रहेको सिलवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV