११ माघ २०७४, बिहीबार

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बेडहरू जीर्ण अवस्थामा पुग्दासमेत त्यसलाई फेर्नेतर्फ सम्बन्धित पक्षले ध्यान दिएको छैन ।

यसले अस्पताल व्यवस्थापन पक्षले बिरामीको उपचारमा चरम लापरबाही गरिरहेको देखाउँछ । स्वास्थ्य क्षेत्रमा अग्रणी मानिने पाटन अस्पतालमा बिरामी राख्ने अधिकांश बेड इँटाको भरमा ठड्याइएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

इँटाको भरले अड्याइएका बेडमा बिरामी राखेर उपचार गर्दा अस्पतालले बिरामीलाई दिने सेवामा समेत प्रश्नचिह्न उब्जिएको छ । उपचारका लागि विश्वासिलो मानेर पाटन अस्पताल गएका बिरामी बेडको अवस्था देखेर नाक खुम्च्याउने गर्छन् । बेडबाट लडिने डरले उपचार गराइरहेका बिरामी रातभर जागै बस्ने गरेको समेत पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV