११ माघ २०७४, बिहीबार

काठमाडौँ । ललितपुरको भट्टेडाडाँमा जडान गरिएको नयाँ राडारबाट नेपाली हवाई आकाशको निगरानी सुरु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले राडार जडानका लागि ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

औपचारिक रूपमा आगामी माघको १८ गतेदेखि सुरु हुने छ । मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार ९एमएसएसआर० नामक राडार २ सय ५० नोटकल ९प्रतिनोटकल १।८५ किमी० क्षमता रहेको छ । हाल फूलचोकीमा रहेको १७ वर्ष पुरानो प्राइमरी राडारको क्षमता थोरै रहेकोले धेरै पहिले देखिनै नयाँ राडार आवश्यक रहेको महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV