११ माघ २०७४, बिहीबार

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रेको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियल म्याड्रिडलाई २–१ गोलले पराजित भएपछि रियल म्याड्रिडको यात्रा रोकिएको हो । ।

लेगानेस भने कापा डेल रेको सेमिफाइनलमा पुगेको छ । क्रिष्टियानो रोनाल्डो सहित अन्य केही नियमित खेलाडी बिना नै लेगानेस विरुद्ध उत्रिएको रियल म्याड्रिड ३१ औं मिनेटमा पछि परेको थियो । जावी इरासोको लामो प्रहार गोलमा परिणत हुँदा लेगानेसले पहिलो हाफ अघि सोही अग्रता कायम राखेको थियो ।

४७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए । तर बेन्जेमाको बराबरी गोल लामो समयसम्म कायम रहन सकेन । ५५ औं मिनेटमा इरासोको पासमा ग्याब्रियल पाइसेसको हेडर गोल पाहुना टोलीको जितमा निर्णाक बन्न पुुग्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV