११ माघ २०७४, बिहीबार

काठमाडौँ । नेटवर्किङ व्यवसायमार्फत विगत लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएका ५ जना अभियुक्तहरूलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

नेपालका तराई तथा पहाडी जिल्लाहरूबाट जागिर लगाइदिने र राम्रो कमिसन पाइने भन्दै सर्वसाधारण नेपालीहरूलाई भारतको विभिन्न शहरमा पुर्याइ उनीहरूबाट पैसा असुल्ने गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बुधबार भैरहवामा पत्रकार सम्मेलन गरेर विभिन्न आश्वासन दिने तर जागिर पनि नलगाइदिने पैसा पनि फिर्ता नगर्ने अभियोगमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको हो। आजको नेपाल समाचारपत्रमा खबर छ ।

भारतको गोरखपुरमा कार्यालय रहेको ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालिमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लम्जुङ दोर्दी गाउँपालिका वडा नं। ५ का दर्पण लामा र दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरीलाई पक्राउ गरेको छ। उनीहरूलाई ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV