११ माघ २०७४, बिहीबार

भैरहवा। छड तथा सिमेन्ट उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल र वाईसीएल नेपाल रूपन्देहीका कार्यकर्ताले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका १ दर्जन सिमेन्ट तथा छड उद्योगहरू बुधवार दिउँसोवाट बन्द गराएका छन् ।

सत्तारोहणको तयारीमा रहेको वाम गठबन्धनका भातृ संगठनहरूले उद्योग प्रतिष्ठानमा तालाबन्दी गरी उद्योग नै बन्द गराएपछि पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले भने गैरजिम्मेवार कार्य भन्दै विरोध जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

युवा संघ नेपाल रूपन्देहीकाका कार्यवाहक अध्यक्ष नकुल शाही, सिद्धार्थनगर इन्चार्ज कुमार गुरुङ, वाईसीएल रूपन्देहीका सहसंयोजक सुजन अधिकारी, प्रदेश कमिटी सदस्य प्रेम घर्तिमगर लगायतको नेतृत्वमा गएको ५० बढी कार्यकर्ताहरूले उद्योग बन्द गराउँदै मूलगेटमा तालाबन्दीसमेत गरेका छन् । तालाबन्दी पछि सवै उद्योग बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV