१० माघ २०७४, बुधबार

काठमाडौं । नेपालका सरकारी अस्पतालमा कार्यरत कतिपय चिकित्सकले बिरामीलाई बिरालोले मुसो खेलाए जसरी खेलाउँछन् भन्दा फरक पर्दैन ।

सरकारी अस्पतालको राजनीतिक खिचातानी र अस्तव्यस्तताको फाइदा उठाउँदै त्यहाँ कार्यरत केहि चिकित्सकहरुले बिरामीलाई आफ्नै निजी अस्पतालमा पठाँउछन् र सरकारी अस्पतालको भन्दा २ सय प्रतिशत बढि शुल्कमा उहि डाक्टरले उपचार गर्छन ।

यस्तो जनतामारा सम्बन्ध बाहिरिएको छ, भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भतmपुर स्थीत काठमाडौ क्यान्सर सेन्टरको ।

क्यान्सरको उपचारमा कुनै समय एसियाकै नमुना अस्पतालका रुपमा रहेको बीपी कोइराला मेमोरियल अस्पतालमा अहिले बिरामी पहिचान गर्ने र काठमाडौ पठाउने रिफरल सेन्टरमा परिणत भएको छ ।

अस्पतालमा कार्यरत अधिकांश चिकित्सकहरुको लगानीमा भतmपुरमा काठमाडौँ क्यान्सर सेन्टर सञ्चालनमा आएपछि भरतपुर अस्पताल पुग्ने बिरामीलाई अस्पतालको प्रविधि विग्रीएकाले तत्काल समय नमिल्ने तर काठमाडौ सेन्टरमा गए तत्काल उपचार हुने भन्दै त्यहींका चिकित्सकले पठाउने गरेका छन् ।

झापाका गोपाल खतिवडा आफ्नी आमाको जिब्रोको उपचारको लागि बीपी कोइराला क्यान्सर अस्पतालमा पुगे तर अस्पतालका डा शिबजी पौडेलले समय लाग्ने भन्दै काठमाडौ क्यान्सर सेन्टरमा रिफर गरे ।

अच्चम त के छ भने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३० हजार रुपयाँैमा हुने रेडियसन थेरापीको लागि काठमाडौ क्यान्सर सेन्टरले २ लाख ५० हजार रुपयौँ लिन्छ र भरतपुरबाट रिफर भएका बिरामीलाई लिन क्यान्सर सेन्टरको गाडी काठमाडांै कंलकी चोकमै आइपुग्छ ।

काठमान्डौ क्यान्सर सेन्टरमा बीपी कोइराला क्यान्सर अस्पतालका रेडियसन अन्कोलोजी बिभागका डा सुरेश श्रेष्ठ र समिर शर्मा बाहेक सबैको लगानी छ । पुर्व विभागीय प्रमुख डा अन्जनी झा, डा शिवजी पौडेल, डा प्रदिप न्यौपाने, डा सुरेन्द्र गौचन, रञ्जन भण्डारीको ५ देखि २५ लाख लगानी रहेको छ ।

सरकारी अस्पतालमा ३० हजारमा हुने उपचारलाई प्रविधि बिग्रिएको वहानामा आफ्नै निजी अस्पतालमा पठाएर २ लाख ५० हजार रुपयौँ असुल्ने गरेको बिषयमा न्युज२४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँगमा जवाफ दिदैँ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक समेत रहेको काठमाडौँ क्यान्सर सेन्टरका सञ्चालक मध्य एक डा.शिवजी पौडेलले अस्पतालको प्रविधिमा समस्या आएकाले रिफर गरिएको दाबी गरे ।

साथै ३ बर्षदेखि अस्पतालको क्यान्सर अस्पतालमा थ्री डी सिआरटी आइएम आरटी उपचार प्रबिधि बिग्रिए पनि खरीद प्रक्रियाले समस्या पारेको बताए । इच्छाशक्ति भएमा मात्रै छोटो समयमै खरीद गर्न सकिने प्रविधि चिकित्सकहरुले आफ्नो व्यापारको लागि लम्बेतान बनाएको बिरामीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV