१० माघ २०७४, बुधबार

काठमाडौं । आज मन्त्रिपरिषद बैठकले भूकम्प पीडित र बाढी पीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको छ ।
बैठकले ६५ बर्ष उमेर पुगेका सबैलाई बृद्धभत्ता दिने पनि निर्णय गरेको छ । यस्तै आजको मन्त्रिपरिषद बैठकले महिला, दलित र विपन्न वर्गका लागि एक करोड पूँजी भएको फर्मको दर्ता निःशुल्क बनाएको छ । यसअघि दर्ता गर्न २५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV