१० माघ २०७४, बुधबार
  • राजकमल सिंह,

धनुषा । प्रदेश नम्बर दुईको राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन तामझामका साथ पुगेका नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले समर्थक नै पाएनन् ।

आप्mनै समर्थक अन्य पार्टीलाई समर्थन गरेपछि साहको उम्मेदवारी दर्ता हुन सकेन् ।

अध्यक्ष साहलाई आप्mनै पार्टीका गाउँपालिका तथा वडा अध्यक्षहरुले अन्य उम्मेदवारलाई समर्थन गरेपछि रितो हात फर्केका छन् । मनोनयन फारम खरिद गरिसकेका साहले समर्थक र प्रस्तावक नपाएपछि उम्मेदवारी दर्ता गराउन सकेनन् ।

कालिकाकाई गाउँपालिकाका नथुनी साहलाई समर्थक राख्ने योजना सहित साह निर्वाचन आयोगको कार्यालय जनकपुरमा पुगेका थिए । तर, नथुनी साहले अख्तर हुसेनको समर्थक गरिसकेका थिए ।

जनता दल र नेपाल संघीय समाजवादी पार्टीबीच स्थानीय तहमा तालमेल भएको थियो र स्थानीय निकायमा दुई सिट जितेका थिए । तर, जितेका दुबै रिजवान अन्सारी नेतृत्वको पार्टीमा गइसकेका थिए ।

हरिचरण साहले भने आफ्नो पार्टीको चिन्हबाट जितेको कारणले आफनो समर्थक बस्नु पर्ने दाबी गर्दै विवाद गरेका छन् । तर, नथुनीले नमानेपछि उम्मेदवारी दर्ता हुन सकेन ।

यता पार्टी अध्यक्षले स्थानीय तहको निर्वाचनमा खासै सहयोग नगरेका कारण अन्यत्र समर्थन गरेको उनीहरुले जिकिर गरेका छन् ।

माओवादी केन्द्रका नेता नरेन्द्र साहले पनि उम्मेदवारी दर्ता गर्न सकेनन् । उनी अल्पसंख्यक समूहबाट उम्मेदवार बन्न चाहेका थिए । तर, ढिला पुगेका कारण उनको उम्मेदवारी दर्ता हुन सकेन । साहलाई राजपाका नेताहरुले अवरोध पु¥याएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV