१० माघ २०७४, बुधबार
  • तारा आचार्य,

मोरङ । नेपाली सेनाले मोरङको चिसो पीडितहरुका लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

मोरङको कटहरी गाँउपालिका वडा नं. २ बौकी माइथानमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ९५ जना दलित र विपन्न परिवारको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।

चिसोका कारण बालबालिका र वृद्धहरुमा निमोनिया र कोल्ड डायरियाको समस्या देखिएपछि निशुल्क स्वास्थ्य शिविर राखिएको सुर्यदल गण थलाहाले जनाएको छ ।

स्वास्थ्य शिविरमा आएका एक सय जनालाई नेपाली सेनाले कम्बल समेत वितरण गरेको छ भने २ सय जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

उनीहरुलाई एक नम्बर प्रदेश पृतनापति उपरथी गौरब तण्डुल लगायत मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले राहत सामग्री वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV