१० माघ २०७४, बुधबार

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राजनीतिक संकीर्णता बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले एकले अर्कालाई निषेध गर्ने राजनीतिक संस्कारले नयाँ नेपाल निर्माण हुन नसक्ने समेत बताउनुभयो ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति यादवले सबै समुदायलाई सम्मान गर्ने संस्कारबाट मात्रै नयाँ नेपाल निर्माण गर्न सकिनेतर्फ पनि राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

उहाँले मुलुकमा निर्वाचन सम्पन्न भइसकेकाले अब सबै दलको ध्यान संकीर्णतातर्फ भन्दा पनि खुला हृदयले मुलुकको समृद्धि र विकासतर्फ हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा यादवले मुलकुलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउन दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV