१० माघ २०७४, बुधबार
  • सरिना मरासिनी,

रुपन्देही । सिमेन्ट र छडमा गरिएको अस्वभाविक मूल्यवृद्धिविरुद्ध रुपन्देहीका उद्योगमा गरिएको तालाबन्दी स्थानीय प्रशासनले खोलेको छ ।

मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै युवा संघ नेपाल र बाइसीएलले मंगलबार लुम्बिनी करिडोरका ११ सिमेन्ट र दुई छड उद्योगमा तालाबन्दी गरेका थिए ।

ताला खोलिए पनि मूल्य फिर्ता नहुँदासम्म बिरोध जारी रहने ति संगठनले जनाएका छन । उता, भैरहवामा पत्रकार सम्मेलन गरी उद्योगीले गुण्डागर्दी शैलीमा तालाबन्दी गरिएको आरोप लगाएका छन ।

मूल्यबृद्धिको स्पष्ट कारण जिल्ला प्रशासन कार्यालयमा बुझाउँदा पनि छलफल नै नगरी उद्योग बन्द गराउनु अनुचित रहेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय ओपीसी सिमेन्टमा प्रति बोरा ८०, पीपीसीमा एकसय र छडमा प्रति किलो आठ रुपैयाँ मूल्य बढाइएको छ । कच्चा पदार्थ, ढुवानी र उर्जामा लागत बढेपछि १० देखि १५ प्रतिशतसम्म मूल्य बढाउनु परेको उद्योगीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV