१० माघ २०७४, बुधबार

मकवानपुर । त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा बुधबार दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ ।
अहिले पनि त्यहा हिउँ परिरहेको र बाटोमा दुई फिट हिउँ जमेकाले हेटौंडाबाट काठमाडौ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा त्यतसर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो । मौसममा सुधार आए राति ११ बजेसम्म यातायात सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV