१० माघ २०७४, बुधबार

एन्सी । मानिसहरुले फेसबुकमा लाइक पाउन अच्चमको हर्कतहरु गर्छन्। फेसबुकमा लाइक पाउनका लागि अल्जेरियामा पनि एक अनौठो हर्कत बाहिरीएका छन्।

अल्जेरियाको एक पितालाइ एक अदालतले आफ्नो सानो बच्चालाई फेसबुकमा लाइक पाउन झ्यालबाट झुन्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । १५  तला भएको भवनको माथिको झ्यालबाट बच्चालाई बाहिर झुन्डाउँदै तस्बिर खिचेर फेसबुक लाईकका लागि पोस्ट गरेका थिए ।

फेसबुक प्रयोगकर्ताले तस्बिर देखेर बाल उत्पीडनको आरोप लगाएका थिए । फोटोमा तस्विर पोस्ट गर्दै क्याम्पसन लेखेका थिए, ‘१००० लाइक्स या म यसलाई तल झारिदिउँ ।’ यो हर्कत अल्जेरियामा केहि समय अगाडिनै गरिएको  हर्कत हो।

अल्जेरियाको राजधानी अल्जियर्सको १५ औं तलाको अपार्टमेन्टमा उनले यस्तो तस्बिर खिचाएको जनाएको छ । यसरी फेसबूक लाइक पाउनलाई यस्तो हर्कत भनेको अनौठो कुरा हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV