१० माघ २०७४, बुधबार

काठमाडौं। चक्रे मिलन भनिने मिलन गुरुङले अवैध सम्पत्ति राखेको दाबीसहित सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरिएका  थिए। गुरुङले बुधबार विशेष अदालतबाट सफाई पाएका छन्।

चक्रे र उनकी पत्नी इन्दिरा घलेले २०७० जेठ ५ गते  अवैध सम्पत्ति राखेको दाबीसहित सम्पत्ति शुुद्धिकरण अनुसन्धान विभागद्वारा विशेष अदालतमा मुद्दा दायर भएको थियो। सात करोड आठ लाख १७ हजार दुई सय ६६ रुपैयाँ ४१ पैसा अवैध रुपमा लुकाएको दाबीसहित विभागले जेल सजाय, जरिवाना र बिगो जफतको मागसहित उनलाई अदालतमा मुद्दा चलाएको थियो।

गुरुङको विभागको दाबी पुष्टि हुने आधार नरहेको भन्दै न्यायाधीश रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चक्रे दम्पत्तिलाई सफाई दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV