१० माघ २०७४, बुधबार

सुनसरी। थ्रिस्टार क्लब गोल्डकप फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाइ पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै थ्रिस्टार उपाधी नजिक पुगेको छ।

दुबै टिमको १–१ गोल मात्र भएपछी खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । आर्मीका नवयुग श्रेष्ठले एक गोल गरेर आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको आर्मीले मध्यान्तरपछि आक्रमक खेल प्रस्तुत गर्न सकेन ।

दोस्रो सेमिफाइनल खेलमा बिहीबार मनाङमस्र्याङदी र गरिफा स्पोर्टिङ क्लब कोलकत्ताबीच प्रतिष्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV