१० माघ २०७४, बुधबार

काठमाडौं । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पञ्चेबाजा’को ट्रेलर रिलिज भएको छ । सौगात मल्ल स्टारर फिल्मको ट्रेलरमा उनीसँगै लिड कलाकार बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, कर्मा शाक्य, श्रृजना सुब्बा लगायत फिचरिङमा छन् । डिजिटल अधिकार प्राप्त कम्पनि हाइलाइट्स नेपालले ट्रेलर युट्युवमा रिलिज गरेको हो ।

ट्रेलर सार्वजनिक गर्न निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना पनि गर्यो । कार्यक्रममा सौगात फिल्मलाई लिएर आशावादी देखिए । निर्देशक घनश्याम लामिछानेले नेपाली समाजको यथार्थता बोल्ने मौलिक कथा फिल्ममा उठान गरिएको बताए । निर्माता राजेश शाहीले दर्शकको भावना बुझ्ने कथामा लगानी गरेको भन्दै मन जित्नेमा विश्वास व्यक्त गरे ।

ट्रेलरमा निर्देशकले भने जस्तै नेपालीपना झल्केको छ । फिल्ममा उल्लेखित कलाकारसँगै प्रकाश घिमिरे, सविन बाँस्तोला, प्रमिला तुलाचन, तेज गिरी, बिमला गिरी लगायत लिड रोलमा छन् । फिल्मको कथा प्रदिप भारद्वाजको हो । कालिप्रसाद बाँस्कोटा र विकास चौधरीले फिल्ममा संगीत भरेका छन् ।


राजकुमार उप्रेतीले ‘पञ्चेबाजा’मा द्वन्द्व निर्देशन गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ । दिर्घ खड्काले सम्पादन गरेको फिल्मको सह निर्मातामा सारा गुरुङ छिन् । गोविन्द शाहीले फिल्मको उपत्यका वितरणको जिम्मा लिएका छन् भने मोफसलमा केदार पराजुलीले फिल्म वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV