१० माघ २०७४, बुधबार

कैलाली । क्षेत्रिय अनुसन्धान समुह पाँच नम्बर प्रदेश ब्युरो कार्यालय नेपालगंजले दुर्लभ चितुवाको ३ थान छाला र ६ केजी चितुवाको हड्डी सहित एक जनालाई पक्राउ गरेको छ ।

कालीकोट पलाता गाउँपालिका २ का ३४ वर्षिय कर्ण कामीलाई कैलालीको लम्कीचुहा नगरपालिका ३ पितमारी स्थित हिमशिखर होटलको कोठा नम्बर १ बाट नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी निरिक्षक अरुण कुमार सिंहले जानकारी दिए ।उनले सुराकीले दिएको जानकारीका आधारमा निज कामीलाई केहि दिनदेखि उक्त चितुवाको छाला खरिद गर्ने विषयमा मोललाई भएपछि खरिद गर्ने बहानामा पक्राउ गरिएको बताए ।

पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बांकेलाई बुझाउने प्रहरी निरिक्षक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV