१० माघ २०७४, बुधबार

काठमाडौं, हल्काफुल्का कपाल झर्नु ठूलो समस्या होइन । आयु पूरा भएका कपाल झर्नु र नया पलाउनु प्राकृतिक प्रक्रिया नै हो । तर, हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसको बेलैमा उपचार गर्नु जरुरि हुन्छ जसलाई यहाँ बताइएको छ –

१. कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । कपाल झरेर सकिने भयो भन्ने चिन्ता छ र कपाल जोगाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाइहाल्नुहोस् । लामो कपाल धेरै झर्ने सम्भावना हुन्छ । लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ ।

२. कपाल झर्ने विभिन्न कारण हुन सक्छन् । शरीरमा लागेको रोग, खानपिनलगायतले कपालमा असर गरेको हो भने नयाँ उपचार प्रक्रियामा जानुपर्छ । यसका लागि सबैभन्दा पहिले त कपाल झर्नुको कारण पत्ता लगाउनु जरुरी हुन्छ । अन्य रोगका कारण कपालमा असर परेको हो भने पहिले रोगकै उपचार गर्नुपर्छ ।

३. शुद्ध तोरीको तेलमा नरिवलको तेल मिलाएर मन तातो बनाउने र नुहाउने अघिल्लो रात पुरै जरा जरा सम्म औंलाको सहयेताले मसाज गर्ने गरेमा धेरै हद सम्म कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV