१० माघ २०७४, बुधबार

एजेन्सी। सलमान खान लगायतको टोली फागुन २५ गते नेपाल आउनेछन् । फागुन २६ गते राजधानीको टुडिँखेलमा हुने कार्यक्रमको लागि आउन लागेका हुन् ।

सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ ।  तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् । चलचित्र ‘टाइगर जिन्दा हे’ को सफलता साट्ने क्रममा सलमान नेपाल पनि आउन लागेका हुन् । सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउनेछन् ।

सलमानले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ । कार्यक्रमको लागि दिउँसो १२ बजेबाट नै टुँडिखेलको गेट खुल्ला गरिने बताइएको छ ।  सलमान  साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV