१० माघ २०७४, बुधबार

रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।

हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती,खिजिफलाटे,पात्ले,श्रीचौर लगाएतका क्षेत्रमा भारी हिमपात भएको जनाएको छ । जसका कारण सो क्षेत्रका नागरिकहरु घरबाहिर निस्कन नसकेको खिजीफलाटेका स्थानीय मिलन सुनुवारले बताए । ‘चिसोले बढि मात्रामा सुत्केरी,बृद्धबृृद्धा तथा बालबालीका बढि प्रभाबित भएका छन्’ सुनुवारले भने ।

चिसोका कारण भुकम्प प्रभाबित परिवारहरु बढि मारमा छन् । पानीसंगै परेको हिमपातले जस्ता तथा सिद्राले बारेका टहराहरुमा बस्दै आएका भुकम्प पीडितको दैनिकी कष्टकर बनेको हो । जस्ता तथा सिद्राले बाहारेको टहराहरुमा हिउले ढाकेर सेताम्मे भएको सोहि स्थानका अर्का स्थानिय फडिन्द्र सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV