१० माघ २०७४, बुधबार

काठमाडौं । चलचित्र कान्छी आगामी फागुन पहिलो सातादेखि चल्ने भएको छ । चलचित्र कान्छी अन्य चलचित्रभन्दा फरक रहेको निर्माण पक्षले जनाएको हो ।

अभिनेत्री श्वेता खड्काको निर्माण एवं अभिनय रहेको प्रतिक्षित चलचित्र ‘कान्छी’ को ट्रेलर सार्बजनिक गरिएको छ । दरबारमार्गस्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि सार्बजनिक दुई गीतले झैँ ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ । आकाश अधिकारी निर्देशित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको फिल्ममा मुख्य भुमिका रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्राफी बसन्त श्रेष्ठको र एक्शन हिमाल केसीको रहेको छ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले क्यामेरामा कैद गरेका थिए । आगामी फागुन ४ गते चलचित्र कान्छीलाई प्रदर्शनमा ल्याउने निर्माण पक्षले जनाएको छ । मुस्ताङका पर्यटकिय दृश्यहरुलाई समावेश गरिएको यस चलचित्र कान्छीले उत्कृष्ट कारोबार गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV