१० माघ २०७४, बुधबार

राँची । यसअघि नै जेल सजाय काटिरहेका बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय सुनाइएको छ।

चाइबासा कोसागर काण्डमा ३३ करोड ६७ लाख ५ सय ३४ भारतीय रुपैयाँको पशु आहार अवैध निकासी गरेको आरोपमा राँचीस्थित विशेष अदालतलका मूख्य न्यायाधीश एसएस प्रसादले सो फैसला सुनाएका हुन्। फैसलामा उनीसहित पूर्व मूख्य मन्त्री जगन्नाथ मिश्रलाई पनि समान ५ वर्षको जेल सजाय सुनाइएको हो।

गत १० जनवरीमा यो काण्डमा अन्तिम सुनुवाई भएको थियो। लालु यादवका अलावा, पूर्व मूख्यमन्त्री मिश्रसहित ५६ जनालाई यो हिनामिनाको आरोपी मानिएको थियो।

यसअघि देवघर कोसागारबाट भएको अवैध निकासीसँग जोडिएको पशु आहार अवैध निकासी काण्डमा दोषी पाइएपछि गत जनवरी ६ मा यादवलाई ३ वर्षको सजाय सुनाइएको थियो। यहि घटनामा दोषी ठहर भएपछि उनलाई गत वर्षको डिसेम्बर २३ तारिखमा बिरसा मुन्डा केन्द्रिय कारागार चलान गरिएको थियो।

फैसलापछि राष्ट्रिय जनता दलका उपाध्यक्ष रभुवंश प्रसाद सिंहले भने,‘अव सर्वोच्च अदालत जान्छौँ। हामी संघर्ष गर्नका लागि नै जन्मिएका हौँ। जवसम्म धमनीमा रगत बगीरहन्छ हामी लडीरहन्छौँ।’

आफ्ना बुवालाई दोषी मान्दै सजाय सुनाइएपछि यादवका छोरा तथा बिहारका पूर्व उपमूख्यमन्त्री तेजस्वी यादवले यो फैसलालाई षडयन्त्र भन्दै उच्च अदालतसम्म पुग्ने बताए।

चाइबासाको यो घटना २१ वर्ष पुरानो हो। यो काण्डमा सिबीआइले ७६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा सुनुवाइको क्रममा १४ जनाको मृत्यु भइसकेको छ। ३ जनालाई सरकारी साक्षी बनाइएकोमा फैसला हुनु पूर्व नै एक जनाले आरोप स्विकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV