१० माघ २०७४, बुधबार

काठमाडौं । भविष्यका लागि युवा आवाज निःशुल्क साङ्गितिक कार्यक्रम २०१८ को आयोजना हुने भएको छ ।

कार्यक्रमको मूख्य आयोजक अमेरीकी दूतावास रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा अमेरीकी दूतावासले अमेरीकी चर्चित ¥यापर तथा कलाकार आईशा फुकुशिमालाई निमन्त्रणा गरेको छ ।

कार्यक्रममा आईशा फुकुशिमा र ब्यान्डका साथमा नर्तक समूहको प्रस्तुती माघ १२ गते नेपालगञ्जमा हुने आयोजकले जानकारी गराएका छन् भने दोस्रो दिन माघ १३ गते काठमाण्डौंको जाउलाखेलमा शनीबार २ बजेबाट सुरु हुनेछ ।

नेपालगञ्जमा हुँदै गरेको सो कार्यक्रममा गायक प्रमोद खरेल र सुगम पोखरेलले पनि आ-आफ्नो प्रस्तुती प्रस्तुत गर्नेछन् ।

काठमाण्डौंको जाउलाखेलमा आर्ईशा फुकुशिमा र ब्यान्ड, दिपक बज्रचार्य, लाहुरे, रिदम ब्यान्ड नर्तक समूह, कार्टुन क्रुज र नेपाल हिपहप फाउन्डेशनको प्रस्तुती रहने आयोजकले बताएको छ ।

अल्पसङ्ख्यक समुदायलाई आवाज दिने कार्यमा साङ्गीतिक अभिव्यतिm र युवा समावेशीकरणले खेल्ने महत्वपूर्ण भूमिका माथी बिदेशी तथा स्वदेशी कलाकारहरुको साङ्गीतिक प्रस्तुती रहने जनकारी आयोजकले दिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित अमेरीकी गायिका, शिक्षिका तथा ¥यापर एक्टिभिष्ट आईशाले युवा जमातमा सामाजिक परिवर्तनका लागि ¥यापले महत्वपुर्ण भुमिका खेल्ने बताएकी छन् ।

त्यस्तै, चर्चित नेपाली ¥यापर लाउरेले अमेरीकाबाट नेपालमा आएको ¥यापलाई कपडा जस्तै भएको तुलना गर्दै त्यसलाई हामीले दौरा सुरुवाल जस्तै बनाएर नेपालीको चिनारी र मौलिकता झल्काउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV