१० माघ २०७४, बुधबार

काठमाडौं । फिल्म ‘गरुड पुराण’ निर्माणको घोषणा भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने फिल्मको घोषणा भएको हो ।

फिल्ममा कर्मा, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्टको मुख्य भूमिका रहनेछ ।

फिल्मको छायांकन बिहिबारबाट सुरु हुने बताइएको छ । कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खतिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सतिज श्रेष्ठको संगीत फिल्ममा रहनेछ ।

आफ्नो अस्तित्वको खोजीमा रहेका केहि पात्रहरुको कथालाई फिल्ममा प्रस्तुत गरीनेछ । यो फिल्म अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा अजित प्रजापति र अशोक गौतमको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV