१० माघ २०७४, बुधबार

काठमाडौँ । गणतन्त्र मनाउने तरखरमा रहेको भारतमा नयाँ दिल्लीको प्रहरी फोर्सले आतंककारी सूचीमा रहेको भारतीय मुजाहिदीन–एसआईएमई काअब्दुल सुभान कुरेशीलाई पक्राउ गरेको छ ।

कुरेशी सन् २००८ मा गुजरातमा भएको शृंखलाबद्ध विस्फोटका मास्टरमाइन्ड थिए । कुरेशीलाई विश्वकै खतरनाक ‘बम्बर’ को रुपमा गनिने भएको कारण उनलाई भारतको ओशामा बिन लादेन पनि भनिने गरीन्छ ।

भारतीय प्रहरीका अनुसार उनी कयौँ वर्षदेखि नेपालमा बस्दै आइरहेका थिए ।राम्रो तलब पाउने ईन्जीनीयरको काम छाडेर आतंकवादी समूह गठन गरेका कुरेशी मोस्ट वान्टेडको सूचीमा थिए ।

प्रहरीको अनुसार कुरेशी कयौँ वर्षदेखि फर्जी दस्तावेजको आधारमा नेपालमा बसिरहेका थिए । ‘२ वर्षअघि उनी नेपाल हुँदै साउदी अरब पुगेका थिए,’ उनले भने ।

जब सिमी इन्डियन मुजाहिदीनको नेतृत्व खत्तम भएको भन्ने भान भयो, कुरेशी त्यसलाई फेरि ब्युँताउन भारत आइपुगे ।  उनको आदेशमा गराईएको बम ब्लास्टमा परी धेरैको ज्यान गएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV